काठमाडौ – नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउन रोक लगाएको छ। कोरोना भाइरसको संक्रमण फेरि बढेको भन्दै बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको हो।
पछिल्लो समय बेलायतमा कोरोना संक्रमण फैलिएपछि विभिन्न मुलुकहरुले यात्रा प्रतिबन्ध लगाएका छन्।