२०८१ साउन ११ गते | 26th of July 2024

संसद विघटनविरुद्ध परेको सबै निवेदनहरू संवैधानिक इजलासमा ,शुक्रवार सुनुवाइ हुने

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष ८ गते १३:३६

काठमाडौँ – सर्वोच्च अदालतले  संसद  विघटनविरुद्ध परेको सबै निवेदनहरूको प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १२ वटै रिट निवेदनको प्रारम्भिक सुनुवाइ गर्दै सबैलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।

निवेदकले अन्तरिम आदेश माग गरेकोमा इजलासले संवैधानिक इजलासमा अर्को पनि निवेदन भएकाले अन्तरिम आदेश जारी नगरी सबै मुद्दालाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो । शुक्रवार बस्ने संवैधानिक इजलासमा संसद विघटनविरुद्धका सबै निवेदनहरूको एकमुष्ट सुनुवाइ हुनेछ ।संसद  विघटनको निर्णय बदर गर्न माग दाबी गर्दै बुधवार भएको बहसमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, शम्भु थापा, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी, अधिवक्ता गोविन्द बन्दी र कञ्चनकृष्ण न्यौपानेले बहस गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *