२०८१ साउन १२ गते | 27th of July 2024

मन्त्रिमण्डल हेरफेर र विस्तार , खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भए

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष १० गते १४:४०

काठमाडौ-  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन्। प्रधानमन्त्रीले संसद भंग गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। नवनियुक्त मन्त्रीहरूले शितलनिवासमा आजै साँझ राष्ट्रपतिबाट शपथ लिएका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का असन्तुष्ट समूह पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिएका थिए। त्यसपछि रिक्त रहेकाे मन्त्रालयहरुमा प्रधानमन्त्री ओलीले आज नयाँ मन्त्री नियुक्त गरेका हुन्।

थपिएका र हेरफेर भएका मन्त्रीहरू-

  • टोपबहादुर रायमाझी-उर्जा
  • मणि थापा-खानेपानी
  • प्रभु साह-शहरी विकास
  • प्रेम आले-वन
  • गणेश ठगुन्ना-सामान्य प्रशासन
  • गौरी शंकर चौधरी-श्रम
  • दावा लामा-युवा तथा खेलकुद
  • जुली कुमारी महतो-महिला बालबालिका
  • विमला विश्वकर्मा-उद्योग राज्यमन्त्री
  • भानुभक्त ढकाल- पर्यटन (मन्त्रालय हेरफेर)
  • हृदयेश त्रिपाठी- स्वास्थ्य (मन्त्रालय हेरफेर)
  • लीलानाथ श्रेष्ठ-कानून
  • शिवमाया तुम्बाहाङ्फे-भूमिसुधार
  • पद्मा अर्याल- कृषि
  • कृष्ण गोपाल श्रेष्ठ- शिक्षा

यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन्।यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन्। भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *