२०८२ चैत २ गते | 16th of March 2026

पत्नीको उपचारका लागि   प्रचण्ड भारत जाने

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष १९ गते १३:५४

काठमाडौ-  दाहाल–नेपाल पक्षको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जाने भएका छन ।    पत्नी सीता दाहाललाई थप उपचारका लागि   भारतको लैजाने तयारी भएपछि प्रचण्ड भारत जान लागेका हुन । विगत केही दिनयता अस्वस्त रहेकी दाहाल पत्नी सीतालाई थप उपचारका लागि  भोलि (सोमबार) भारत लैजान लागिएको स्रोतले जानकारी दियो।

वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो। यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *