२०८३ असोज २८ गते | 14th of October 2026

भारतमा कोभिड-१९ विरुद्धका दुई खोपलाई आपत्कालीन रूपमा प्रयोग गर्न अनुमति

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष १९ गते १४:४०

   नयाँ दिल्ली – भारतको औषधि नियामकले दुई वटा कोभिड-१९ विरुद्धका खोपलाई आपत्कालीन रूपमा प्रयोग गर्न अनुमति दिएको छ। ती खोपहरू अक्सफर्ड विश्वविद्यालयले एस्ट्राजेनिका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड र भारतमै विकसित कोभ्याक्सिन छन्।

ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईले कोभिसिल्ड खोप ७०.४२ प्रतिशत प्रभावकारी रहेको बताएका छन्। भारतले यो वर्ष ३० करोड मानिसहरूलाई खोप दिने योजना बनाएको छ। कोभ्याक्सिन भने भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर तयार पारेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *