२०८३ साउन २९ गते | 14th of August 2026

प्रदेशसभा पनि विघटन हुन सक्ने : मन्त्री शिवमाया तुम्बाहाम्फे

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष २० गते १३:४९

काठमाडौ-   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुने सम्भावना रहेको बताएकी छन् । विराटनगरमा सोमबार  उनले राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने बताएकी हुन् । यद्यपि त्यो अधिकार प्रदेशसभामै रहेको उनको भनाइ छ ।

‘दुई तिहाइ बहुमतप्राप्त दलका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कारणले काम गर्न नसकेपछि ताजा जनादेशका लागि जनतामा जान निर्वाचन घोषणा गर्नुभएको छ,’ उनले भनिन्, ‘तर संसद् विघटनको विषयमा स्पष्ट रूपमा  संविधानको धारामा लेखिएको छैन । यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले धेरै बोल्न मिल्दैन, सर्वोच्चले व्याख्या गर्छ ।’ मन्त्री तुम्बाहाम्फेले निर्वाचन समयमै हुने दाबी  समेत   गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *