काठमाडौ- परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते छिमेकी भारतको भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको बिहीवारबाट सुरु हुने भारत भ्रमण कोभिड १९ सहकार्य र नेपाल भारत सीमा सहितका विषयमा केन्द्रीत हुने नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले मन्त्री ज्ञवालीले नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन बिहीबारदेखि शनिबारसम्म भारतको भ्रमण गर्ने उल्लेख गरेको छ। नेपालमा प्रतिनिधिसभाको विघटनपछि विकास भइरहेका घटनाक्रमका माझ परराष्ट्रमन्त्रीबाट हुन लागेको भारतको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
केही समयदेखि काठमाडौं र नयाँदिल्लीमा परराष्ट्र मन्त्री ज्ञवालीको भ्रमणबारे तयारी भइरहे पनि दुबै देशले औपचारिक रूपमा यसको जानकारी दिएका थिएनन । कालापानी, लिपुलेकको विषयमा विवाद भएपछि पहिलो पल्ट नेपालका परराष्ट्र मन्त्री भारत जान लागेका हुन्। भ्रमणमा मन्त्री ज्ञवालीले नेपालको पछिल्लो राजनितीक घटनाक्रम र यसमा भारतको सहयोग जुटाउन प्रयत्न गर्ने अनुमान गरिएको छ ।