२०८१ चैत १ गते | 15th of March 2025

 निर्वाचनमा जाने भन्ने वित्तिकै खुट्टा किन कामेको ? : प्रधानमन्त्री ओली

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष २६ गते १४:०३

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा गएर आफूलाई जनताबाट नै दण्डित गराउन चुनौति दिएका छन् । ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै सत्तारुढ दल नेकपाकै प्रचण्ड–माधव पक्षलगायत आन्दोलित भइरहेको बेला आइतबारको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा निर्वाचनमा जाने निर्णयको विरोध गर्नेहरुलाई निर्वाचनमा गएर जनताबाट नै दण्डित गरेर देखाउन चुनौति दिएका हुन् ।

‘निर्वाचनमा जाने भन्ने वित्तिकै खुट्टा किन कामेको ? निर्वाचन भन्ने वित्तिकै सातो किन गएको ? जनताको बीचमा जाने भन्ने वित्तिकै, ताजा जनादेश लिने भन्ने वित्तिकै ? अरु कुनै प्रभुको चरणमा जाने भनेको त होइन नि ? जनताको शरणमा जाने भनेको । नेपाली जनताको अभिमत लिने भनेको केपी ओलीले गल्ती गरेको रहेछ भने नेपाली जनताले दण्ड देलान् । नेपाली जनताको बीचमा गएर केपी ओलीलाई दण्ड दिन अपिल गर्नुहोस् न तपाईँहरुहरु जानुहोस् । जो जसलाई चित्त बुझेको छैन । तपाईँहरुलाई जनताले त्यही जवाफ दिएर पठाउनेछन् ’उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *