२०८२ चैत १ गते | 15th of March 2026

सुधीर चौधरी :अघिल्लो दिन हाई हाई भोली पल्ट बाई बाई

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष २९ गते १४:५४

काठमाडौ-  भारतीय समाचार च्यानल जी-न्यूजका प्रधान-सम्पादक सुधीर चौधरीले बिनाअनुमति सगरमाथा क्षेत्रमा गएर छायांकन गरेकोबारे राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागले सिम्रिक एयरसँग स्पष्टीकरण सोध्‍ने भएको छ।उनले सगरमाथा क्षेत्रमा जान सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेका थिए।  प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन आएका चौधरीले अनुमति नै नलिई सगरमाथा क्षेत्रमा गएर छायांकन गरेको भिडिओ रिपोर्ट  प्रसारण गरेका थिए। रिपोर्टमा उनले सगरमाथाको सम्बन्ध भारत सँग रहेको र यसको नाम पनि परिवर्तन गर्नृ पर्ने जस्ता बिबादस्पद सामाग्री प्रस्तुत गरेका थिए ।

यो सामाग्री प्रसारण पछि नेपाल र नेपालीहरुले यसको बिरोध गरेका छन । यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको अन्र्तवार्ता प्रस्तुत गरेका चौधरीले यहि बाहानामा सगरमाथाको आधार सिविर सम्म पुगि बिबादस्पद सामागी्र बनाई प्रसारण पनि गरेका हुन ।केपी ओलीले उनलाई दिएको अन्र्तवार्तामा ओलीले भारतलाई कडा जवाफ दिए भनि हौसिएका नेपालीलाई भोली पल्ट सगरमाथा सम्वन्धी बिबादस्पद सामाग्रीले प्रधानमन्त्री ओलीलाई समेत बिवादमा तानेको छ । प्रधानमन्त्री ओलीको अन्तवार्ता नाटक भएको पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *