२०८२ फागुन १९ गते | 3rd of March 2026

प्रधानमन्त्री ओलीले गरे योग अभ्यास

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ १ गते १४:११

काठमाडाैं-   केही वर्ष अघि देखि नेपालमा मनाउन थालिएको  राष्ट्रिय योग दिवसको दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफनै सरकारी निबासमा आयोजीत योग अभ्यास कार्यक्रममा सहभागी भएर मनाएका छन ।समारोहलाई सम्बोधन  गर्दे ओलीले शारीरिक र मानसिक रुपमा स्वस्थ रहन योगको महत्व बढ्दै गएको बताए । प्रधानमन्त्री ओलीले मानसिक रुपमा स्वस्थ रहनाका लागि योग असाधारण रुपमा उपयोगी भएको उल्लेख गरे  ।

 प्रधानमन्त्री ओलीले नेपाल योग भूमि भएकोले नेपालीका लागि गर्वको विषय भएको  र  योगलाई धर्मसँग जोडेर संकुचन गर्न नहुने   बताए  । योग दर्शनहरुको सृष्टि र प्रारम्भ हो भन्नु हुदै योगको सम्बन्ध मानव जीवन र प्रकृतिसँग रहेकोे  भन्दै   प्रधानमन्त्रीले कोरोना जस्ता महामारीमा समेत रोगहरुसँग लड्न योग महत्वपूर्ण हुने बताए । त्यस अवसरमा योग अभ्यास समेत गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *