२०८१ पुष २९ गते | 13th of January 2025

प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ ५ गते १३:५०

काठमाडौँ- सत्तारुढ नेकपा दाहाल –नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद विघटन र त्यसपछि पनि अनुशासन उल्लंघनलाई निरन्तरता दिएकाले कारवाही किन नगर्ने भन्दै तीन दिन भित्र स्पष्टीकरण दिन माग गरेको छ। दाहाल–नेपाल पक्षले एक पत्र लेख्दै आफ्नो गरिमामय पदको मर्यादालाई ख्याल नगरी संविधानबिपरीत संसद भंग गरेको र त्यसपछि पनि असंवैधानिक गतिविधि जारी राखेको भन्दै ओलीलाई स्पष्टीकरण सोधेको हो।  सदस्यद्वय सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगे ओलीलाई कारवाही गर्नका लागि स्पष्टीकरण पत्र बुझाएका हुन्। तर उनीहरु बालुवाटार प्रहरीको अवरोधका कारण प्रधानमन्त्रीको सरकारी निवासको सचिवालयमा नभई गेटमै पत्र छोडेर फर्किन बाध्य भएका छन्।

पत्र बुझाउन बालुवाटार पुगेका पाण्डेले आफूहरुले पत्र दर्ता गर्न नपाएको बताए। दाहाल–नेपाल पक्षले आफ्नो केन्द्रीय कमिटी बैठकले ओलीलाई हटाइसकेपछि पनि उनले पार्टी निर्णय उल्लंघनलाई निरन्तरता दिएको निष्कर्ष निकालेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *