२०८२ फागुन २० गते | 4th of March 2026

अपार्टमेन्टमा हुने सम्भावित जोखिममा ध्यान गएन , सोल्टी सिटी अपार्टमेन्टमा आगलागि

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ ५ गते १४:०३

काठमाडौँ-   सयूक्त आवास अर्थात अपार्टमेन्टमा हुने सम्भावित जोखिमलाई ध्यान दिन नसक्दाको उपज सोमबार काठमाडौको रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टमा देखिएको छ ।    अपार्टमेन्टमा सोमबार दिउँसो १:४० मा लिफ्टमा राखेको तारको गुजुल्टो (डक)बाट अचानक आगो सल्क्यो। ‘डक’बाट सल्केको आगोले लिफ्ट र अपार्टमेन्टका बाहिरी भागमा तत्कालै क्षति पुर्‍यायो। नेपाली सेना, प्रहरी र सशस्त्रको टोलीले करिब २ घन्टामा बल्ल आगलागी नियन्त्रणमा लियो।

सामान्यतया: बेग्लै ठाउँमा राखिने आगो निभाउने ट्युब र तारहरुको गुजुल्टो ‘डक’ यो अपार्टमेन्टमा भने सँगै राखिएको पाइएको छ।सुरक्षाकर्मीहरुले अपार्टमेन्टबाट दुई दिनकी सुत्केरीसहित अन्यलाई उद्धार गरेका थिए। सुरुमै घटनास्थललाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका कारण धेरै ठूलो क्षति भने हुन पाएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *