काठमाडौ – प्रधानमन्त्री केपी शर्मा अोलीले प्रचण्ड –नेपाल समूहले शुक्रवार काठमाडौंमा गरेको प्रतिनिधि सभा विघटनविरुद्ध विराेध सभालाई इंकित गर्दै यसलाई आमसभा भन्न नमिल्ने बताएका छन । ओलीले भने, ‘साँघुरा गल्लीमा मान्छे भर्दैमा आमसभा भन्न मिल्दैन,’ ‘जनप्रदर्शन के हो माघ २३ गते देखाउँला ।’
पुष्पकमल दाहाल र माधव नेपालले मुलुकलाई अन्धकारतर्फ धकेल्ने प्रयास गरेको ओलीको आरोप छ । प्रतिनिधिसभा पुनःस्थापनाको व्यवस्था संविधानमा नभएकाले अदालतलाई नधम्क्याउन चेतावनी दिएका छन् । शुक्रबार नेकपाको आफू पक्षका पेशागत संगठनले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले दाहाल-नेपाल समूहको नेकपाले गल्लीमा मान्छे जम्मा हुँदा कोही उत्साहित हुन जरुरी नभएको बताएका हुन् ।