२०८१ साउन १२ गते | 27th of July 2024

कोरोना विरुद्धको खोप यही १४ गतेदेखि लगाउन सुरु गरिने

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ ११ गते १४:५०

काठमाडौँ – कोरोना भाइरस विरुद्धको खोप यही १४ गते बुधवारदेखि लगाउन सुरु गरिने भएको छ ।   स्वास्थ्य मन्त्रालयको  प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदेयस त्रिपाठीले १४ गते १० बजेदेखि देशका सातै प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप लगाइने कार्य सुरु गरिने जानकारी दिनुभयो ।

मन्त्री त्रिपाठीले खोप अभियान अन्तर्गत मुख्य प्राथमिकतामा परेका लक्षित समूहका व्यक्तिहरूलाई पहिलो चरणमा खोप लगाइने बताउनुभयो ।

पहिलो चरणमा देश भरीका ३ सय खोप केन्द्रबाट  करिब ४ लाख ३० हजार जनालाई खोप लगाइने लक्ष्य रहेको मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । सरकारले कोरोना विरुद्धको खोप अभियानको पहिलो चरणमा भारतबाट सहयोग स्वरूप प्राप्त १० लाख डोज खोप लगाउन सुरु गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *