२०८२ फागुन ९ गते | 21st of February 2026

चूडामणि शर्मालाई लिखित जवाफसहित अदालतमा उपस्थित गराउन आदेश

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २८ गते १६:०७

 

काठमाडौं २८ असार । भष्टचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई लिखित जवाफसहित शुक्रबार उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले आधार र कागजप्रमाण प्रष्ट देखिने प्रतिलिपिसहितको लिखित जवाफका साथ महान्यायाधिवक्ता कार्यालयमार्फत असार ३० गते बिहान साढे १० बजे बन्दीमा रहेका शर्मालाई अदालतमा उपस्थिति गर्न र गराउन आदेश दिएको हो।

शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालत, आयोगलगायतलाई विपक्षी बनाई मङ्गलबार सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको जनाउँदै थुनामुक्त गर्न माग गरिएको थियो। राजश्व निर्धारणमा अनियमितता गरेको आरोपमा विभागका महानिर्देशक शर्मालाई गत जेठ १९ गते आयोगले पक्राउ गरी विशेष अदातलमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले पुर्पक्षका लागि उनलाई थुनामा राख्ने आदेश दिएको थियो। सो आदेशानुसार शर्मालाई अहिले पनि थुनामा राखिएको छ।
शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फर्छ्योट आयोगको सदस्य सचिवसमेत रहेका शर्माले २१ अर्ब रुपैयाँ बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेको लगायत आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *