२०८१ साउन १२ गते | 27th of July 2024

तोकिएकै समयमा निर्वाचन हुन्छ : प्रम ओली

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ १२ गते १४:००

काठमाडौ-  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत ढङ्गले नै गरेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै सरकारले निर्वाचनमार्फत नयाँ ताजा जनादेशका लागि जनतामा जाने भनेर निर्वाचनको घोषणा गरेको स्पष्ट गर्नुभयो ।

सरकारले घोषणा गरेकै समयमा चुनाव हुने स्पष्ट गर्दै उहाँले निर्वाचनको तयारीमा जुट्न नेताकार्यकर्तालाई आग्रह गर्नुभयो । आफ्नो दलले नेकपाका कोही कसैलाई कारवाही नगरेको बताउँदै भन्नुभयो, “गल्ती महसुस गरेर आउनुभएमा उहाँहरुको पद केही गरेका छैनौँ ।” उहाँले निर्वाचन आयोगको निर्णयले पनि पार्टी नटुक्रिएको सन्देश दिएको बताउनुभयो ।  उहाँले जनतालाई अधिकारसम्पन्न बनाउन, अधिकार प्रयोग गर्न अधिकारसम्म पुग्ने अवसरमा पहुँच निर्माण गर्न, अवसरको उपलब्धता, सामाजिक न्याय र समानता, पछाडि परेका समुदायको उत्थान, सुशासनसहितको समृद्धिको मार्गमा अघि बढ्ने र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने आफूहरुको मुख्य लक्ष्य तथा विकासका पूर्वाधार निर्माणमा सरकार तीव्र गतिमा अघि बढेको बताउनुभयो । 

 

प्रधानमन्त्री ओलीले सोमबारै लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्ती उपत्यकाको सिसहनिया पुग्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *