२०८१ साउन १२ गते | 27th of July 2024

सातौं बर्षगांठको अवसरमा लवक नेपाली समाजद्वारा सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ १४ गते ०:४७

अमेरिका – टेक्सासको लवकमा रहेका नेपालीहरूको प्रतिनिधिमूलक संस्था लवक नेपाली समाजले महावीर पुनद्वारा स्थापित राष्ट्रीय आविष्कार केन्द्रको लागी १००० डलर सहयोग गरेको छ । त्यसैगरी संचारकर्मी सच्ची मैनालीले सन्चालन गरेको ‘#कसैलेपनि_भोकोबस्न_र_भोकै_मर्ननपरोस् #‘ अभियानका लागी $५०० डलर सहयोग गरेको छ । संस्थाले ७ औं बार्षिक उत्सवको अवसरमा उत्त सहयोग गरेको जनाएको छ । जसकालागी संस्थाले समुदायका विभिन्न व्यक्तिहरूबाट आर्थिक सहयोग जुटाएको हो । यसै अवसरमा गत शनिबार रत्तदानको आयोजना समेत गरेको थियो । रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेको आयोजक सस्थाका अध्यक्ष डा प्रकाश श्रेष्ठले वताए ।

यसअघि पनि सामाजिक कार्यहरू गर्दै आएको लवक नेपाली समाजले नेपालको सुर्खेतमा विद्यालय निर्माणदेखी लमजुडमा खानेपानी सेवाका लागी भौतिक पूर्वाधारमा सहयोग गरिसकेको छ । त्यसैगरि एनआरएन अमेरिकामार्फत नेपालमा वाढीपहिरोपीडितका लागी समेत सहयोग गरिसकेको उक्त संस्थाले पछिल्लो पटक कोरोनाको मारमा परेका विद्यार्थी र स्थानियलाई खाद्यान्न सहयोग गरेको थियो । प्रवासमा रहेर पनि यहॉका नेपालीहरूले जन्मभूमिप्रतिको माया र सदभाव कायम गरिरहेको छन् । यहॉ २ देखी ३ सयको हाराहारीमा नेपालीहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *