२०८१ साउन १२ गते | 27th of July 2024

नेपालमा पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाए

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ १४ गते १४:०५

काठमाडौं –  नेपालमा कोभिड १९ खोप अभियान अन्तर्गत आज पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलुका ५ बजेसम्म ६४ जिल्लाका ९३ खोप केन्द्रहरुमार्फत ९ हजार ८४ जनाले खोप लगाएका हुन् । जसमध्ये प्रदेश १ मा १२५५, प्रदेश २ मा ७२६, वाग्मतीमा २६९४, गण्डकीमा १८४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १०८२ जनाले खोप प्राप्त गरेका छन् ।

मन्त्रालयले खोप अभियानको पहिलो दिनमा खोप लगाउने सबै व्यक्ति तथा सेवा प्रदायकहरुको स्वतस्फूत र उल्लेख्य सहभागिताका लागि धन्यवाद दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *