२०८१ वैशाख २३ गते | 5th of May 2024

अमेरिकी अर्थमन्त्रीको पद सम्हाल्ने पहिलो महिला जेनेट येलेन

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ १५ गते १४:४४

वासिङ्टन –  अमेरिकी माथिल्लो सदन सिनेटले राष्ट्रपति जो बाइडेनद्वारा अर्थमन्त्रीमा मनोनीत जेनेट येलेनलाई अनुमोदन गरेको छ । उहाँ अमेरिकी अर्थमन्त्रीको पद सम्हाल्ने पहिलो महिला पनि हुनुहुनेछ । अर्थमन्त्री येलेनमाथि कोभिड–१९ सँग सम्बन्धित विशाल आर्थिक प्याकेजमा तल्लो सदन कङ्ग्रेसबाट अनुमोदन गराउनुपर्ने ठूलो चुनौती छ ।
येलेनले यसअघि अमेरिकी केन्द्रीय बैंकको पनि सन् २०१४ देखि २०१८ सम्म पहिलो महिलाका रुपमा नेतृत्व गरिसक्नुभएको छ । उहाँसँग विगतमा ह्वाइट हाउसको आर्थिक सल्लाहकार परिषदमा रहेर पनि काम गर्नु भएको अनुभव छ । राष्ट्रपति जो बाइडेनले कोभिड–१९ का कारण अमेरिकी अर्थतन्त्रमा परेको असर न्यून गर्न भन्दै अघि सार्नुभएको १९ खर्ब डलरको आर्थिक पुनरुत्थान प्याकेजलाई कङ्ग्रेसबाट अनुमोदन गराउनुपर्ने येलेनसामु पहिलो चुनौती छ ।
सिनेटको वित्त समितिमा भएको सुनुवाइका क्रममा येलेनले ब्याजदरमा निकै गिरावट आएकाले बाइडेन प्रशासनले ठूलै आर्थिक प्याकेज घोषणा गर्नु सकारात्मक कदम हुने बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *