२०८१ जेठ ६ गते | 19th of May 2024

राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरिएको प्रचण्डको आरोप

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ १८ गते १२:५७

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । आइतबार आफु निकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजा रजौटा र निरंकुशतावादीहरुसँग साँठगाठ गरेर प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् । उनले देश बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुको इशारामा ठुलो डिजाइन अन्र्तगत नेपाली जनतालाई अपमानित गर्ने रणनीतिका साथ जनताले हासिल गरेका राजनीतिक उपलब्धीमाथि प्रहार गरिएको पनि बताए ।

अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धिको रक्षाको निम्ति पुनः जुर्मुराएर आन्दोलित हुनुपर्ने अवस्था आएको औँल्याए । त्यसैगरी बैठकलाई सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले आफुतिर मान्छे तान्न भएभरको शक्ति लगाएको बताए ।ओलीले भएभरको शक्ति लगाएर आफुतर्फ तान्ने प्रयास गरेको भएपनि धेरै नेताहरुले अस्वीकार गरेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *