२०८१ जेठ ६ गते | 19th of May 2024

प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमा भोलिदेखि सरकारी पक्षको बहस सुरु हुने

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ १८ गते १३:०८
काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमा भोलिदेखि सरकारी पक्षको बहस सुरु हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिएपछि भोलिदेखि सरकारी पक्षले बहस गर्ने भएको हो ।
 भोलिको सुनुवाइमा महान्यायाधिवक्ता अग्नि खरेललगायत सरकारी वकिल र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उहाँका निजी वकिलहरूले बहस गर्नुहुनेछ ।
आज भएको सुनुवाइमा रिट निवेदकहरू अधिवक्ता लोकेन्द्रबहादुर ओली, अमिता गौतम पौडेल, कलमबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडालगायत कानुन व्यवसायीले बहस गर्नुभएको थियो ।
माघ ४ गतेदेखि संवैधानिक इजलासमा भइरहेको निरन्तर सुनुवाइमा निवेदकका तर्फबाट ६८ जना कानुन व्यवसायीले बहस गर्नुभएको छ । सो रिटमा निवेदक तर्फका २ सय ५० बढी कानुन व्यवसायीको वकालतनामा परेको थियो ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमा माघ ४ गतेदेखि एकसाथ सुनुवाइ भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *