२०८१ वैशाख १९ गते | 1st of May 2024

अमेरिकामा पढ्ने विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिप

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ २० गते १७:१६

टेक्सास – टेक्सासको ड्यालासमा रहेको मायाज देसी बुटिकले भष्टाचार बिरुद्ध काम गर्ने संस्था हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा  १० हजार डलरको स्कलरसिपको घोषणा गरेको छ । स्कलरसीपका लागि फेब्रुअरी १ देखी आवेदन खुला भएको छ । कम आम्दानी भएका विद्यार्थीहरुलाई सहयोग मिलोस् भनेर आवदेन खुलाएका मायाज देसी बुटिककी जेनी पाठकले बताईन् ।  उनका अनुसार नेपाली लगायत साउथ एशिएन बिद्यार्थीका लागि स्कलरसिपको घोषणा गरिएको हो ।

स्कलरसिपका लागि नेपाली लगायत, इन्डिया, बंगालादेश, भुटान, श्रीलंका र पाकिस्तानका अमेरिकामा अध्ययनरत विद्यार्थीहरु पनि योग्य हुने जनाइएको छ । छात्रबृत्तिको अभावका कारण अमेरिकामा पढ्न समस्या भोगिरहेका विद्यार्थीहरुलाई सहयोग गर्न यो कार्यक्रम ल्याइएको हो ।

अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको, कम्तीमा ३ दशमलव ५ जीपीए भएको, आर्थिक सहयता आवश्यकता भएको देखाउसक्ने, सामाजिक विषयहरुप्रति लक्ष्यित संस्थामा सकृय रहेको, नेपाली लगायत, इन्डिया, बंगालादेश, भुटान, श्रीलंका र पाकिस्तानका विद्यार्थीले आवेदन दिनसक्नेछन् । आवेदन अप्रिल १५ सम्म आवेदन दिन सकिने जनाइएको छ ।

त्यसपछि मे १५ मा टप ५ आवेदनहरु छनौट गरिने र युनिभर्सिटीको ट्रान्सक्रिप्टका साथमा दुईवटा सिफारिसपत्र
समेत पेश गर्नुपर्ने जनाइएको छ । स्वतन्त्र छनौट समितिले आवेदनहरु हेरेर जुलाई १५ मा स्कलरसिप पाउने व्यक्तिको नाम घोषणा गरिने जनाईएको छ ।

आवदेन दिन यस लिंकमा क्लीक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *