टेक्सास – दुरदर्शी एनआरएनए अमेरिका निर्माणका लागि युवाहरुको मजबुत हातेमालो आवश्यक ठानेको भन्दै टेक्सास निवासी युवा ओजेश उप्रेतीले एनआरएनए अमेरिकाको आगामी निर्वाचनको लागि युवा संयोजक पदमा आफ्नो उम्मेद्वारी दिने बताएका छ्न । ‘राजनीतिको रंग पोतेर लाजनितीको सेवा गर्न’ नभै स्वतन्त्र रहेर २१औं शताब्दीको युवा आवाज, जोश र विश्वासले एनआरएनए अमेरिकाको मुहार सिंगार्न आफुले युवा संयोजक पदमा उम्मेद्वारी घोषणा गरेको बताउंछन, उप्रेती ।
फाईनान्स – एमबिए, योजना प्रबन्धन – एमस एवम पिएचडी स्कुलर उप्रेती शेयर कारोवारीहरुको चर्चित समुह ‘नेपाली रबिनहुड – Nepali Robinhood’ का नेताका रुपमा बित्तीय साक्षरता, युवा स्व-रोजगार र सामुदायिक बिकासका बिभिन्न गतिबिधीहरु संचालन गर्दै आईरहेका छन । फिन्ड्ले विश्वबिद्धालयमा नेपाली बिद्धार्थीहरुको फाउन्डेशन निर्माण गरेर समस्यामा परेका नेपाली बिद्धार्थीहरुको सेवा र नेपाली समुदायसंग हातेमालो गर्दै काम गरेका उप्रेतीले अगस्ट २०१५ मा ‘नेपाल राईज अगैन – Nepal Raise Again ‘ क्याम्पेनमा लागेर दुबै भूकम्पपछि नेपाललाई पुनर्निर्माण गर्न सहयोग पुर्याउने विश्वव्यापी पहलको अभियानमा सहभागी भए ।
१६ बर्षको कलिलो उमेरदेखी नै सामाजिक सेवामा सकृय उप्रेतीले राष्ट्रिय स्तरका खेलहरूमा ब्यवस्थापकको रूपमा सेवा प्रदान गरेका छन भने आफ्ना कलेजका दिनहरूमा विभिन्न क्लबहरूको नेतृत्व गरिसकेका छन । भन्छन, ‘युवा जोशले समाज बदल्ने रहर छ । युवा त्यो शक्ती हो, जसले आफुलाई अनावश्यक भीडभन्दा बाहिर रहेर परिवर्तनको अलग परिणाम दिन लागिपरिरन्छ ।’
युवाहरुलाई बित्तिय जानकारी, स्वरोजगारका अवसरहरु, प्रविधीको आदान-प्रदान र सशक्तीकरणको बाटोमा अभिप्रेरित गर्न आफुले सक्दो भूमिका खेल्ने बताउंछन, उप्रेती । एनआरएनए अमेरिकामा युवा संयोजक भने पद रहेपनि ‘युवा फोरम’ निर्माण गरेर शिक्षित युवाहरुको ज्ञान र भूमिकाहरु समाजमा शेयर गर्ने योजना बुनेर अघि बढेको बताउंछन ।
‘जहां युवा भब्य रुपमा अटेको छ, त्यहां सामुदायिक सेवा र सामाजिक कार्यहरु दिगो मियो भएर रफ्तार लिन्छ’, उप्रेती भन्छन । ‘सामुदायिक फल त्यहां मिल्छ, जहाँं युवाले एनआरएनएका अग्रज पुस्ताहरुसंग मिलेरै काम गर्दछ ।’ युवाजोशले फलदायी काम गर्न आफुले एनआरएनए अमेरिकाको २०२१-२०१३ का लागि ‘युवा संयोजक’ पदमा उम्मेद्वारी दिने निर्णय गरेको बताउंछन ।