२०८१ जेठ ७ गते | 20th of May 2024

आशिष संग्रौला : एनआरएनए अमेरिका निर्वाचन २०२१-२०२३ मा बोर्ड अफ डाईरेक्टरका उम्मेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ २३ गते १६:०६

टेक्सास – समाज हांक्छु भनेर जब तपाईं अघि बढ्नुहुन्छ, तब तपाईंले आफ्ना अगाडी जिम्मेवारी र कर्तब्यबोधको ठेली पाउनुहुनेछ । तपाईं एक सामाजिक नेता बन्नु भनेको समाजले तपाईंंसंग अपेक्षा राख्नु हो भने सामाजिक सफलताको परिणाम दिनु तपाईंको कर्तब्य हो । जो राष्ट्रलाई सेवा गर्छु भनेर तम्सिन्छ, उसले समाजबाट आफ्न परिवर्तनका पाईलाहरु चाल्दछ । यस्तै अभिलाषा बोकेर एनआरएनए अमेरिकाभित्र परिवर्तन गर्न तम्सेका छन, आशिष संग्रौला ।

समाजभित्र बिभिन्न बस्तुहरुको सफाई गर्नुपर्ने हुन्छ । आत्मविश्वास, सामाजिक आवाज र अगाडीको बाटो । सुन्दा दर्शन लाग्ने एस्ता चिजहरुलाई आत्मसाथ गर्ने संकल्प सहित संग्रौला आफु एनआरएनए अमेरिकाभित्र परिवर्तनका ज्वारभाटाहरु सिर्जना गर्ने अघि सरेको बताउंछन । बिगत पांच बर्षदेखी स्वरोजगार र ब्यवसायिक यात्रा, साक्षरता समाजको आर्थिक स्थापना गर्ने नेतृत्व कौशलको प्रतिनिधित्व गर्दै नेपाली रविनहुड समुहमार्फत मध्यस्थता गर्दै आएका संग्रौला एनआरएनए अमेरिकाको आगामी निर्वाचनका लागि बोर्ड अफ डाईरेक्टरमा आफुले उम्मेद्वारी दिने बताउंछन ।

नेपालबाट व्यवसाय व्यवस्थापनमा स्नातक र अमेरिकी सेनामा काम गर्दै संग्रौला सपना र साहस बोकेर प्रगतीपथमा आत्मविश्वास र ‘युवा जोश र सामाजिक सेवा’ को संकल्पका साथ अमेरिकामा रहेका नेपाली युवाहरुको आर्थिक जीवन परिवर्तन गर्ने अभियानमा सकृयका साथ लागिपरेका छन । त्यसो त, संग्रौलाले बोर्ड अफ डाईरेक्टरमा आफ्नो उम्मेद्वारी सामाजिक ब्यवहार, युवा सशक्तिकरण र एनआरएन, अमेरिकाको समग्र रूपान्तरण को लागी प्रभावकारी नेतृत्वका लागि अघि बढेको बताउंछन । संग्रौला भन्छन, ‘नेपाली समाजमा आवश्यक नेतृत्व कौशल, ब्यक्तिको उत्कटताको चाहना एवम कडा परिश्रमको इच्छुकता सामाजिक संगठनमा सदस्यहरु बिचको सहयोग विकासको कडी हो ।’

सामाजिक सेवा र ब्यक्तिहरुको आर्थिक बाटोमा अघि बढ्ने सपनाहरु सँगै बढ्नमा सहयोग गर्ने विश्वासका साथ लाग्ने प्रण गर्ने संग्रौला जन्मभुमीको बाढी-पहिरोको बिपतमा सहयोग, २०१० मा नेपाल रेडक्रस सोसाइटीको प्रतिनिधित्व गर्दै भूकम्प प्रकोपले प्रभावित स्थानहरुमा बिद्धलाय निर्माणको अभियानमा लगिपरेको बताउंछन । ब्यक्तिले सामाजिक उर्जा जडान गर्न सक्दछ । सामुदायिक सदस्यहरुसंग सहकार्य गर्न एक सशक्त समुहको निर्माणमा जोड दिने संग्रौला न्युजिल्यान्ड, अमेरिकी सेना हुंदै अब अनुशासित एनआरएनए अमेरिका निर्माण गर्न लागिपर्ने बताउंछन ।

‘ब्यक्तिको अभिलाषा समाजको बिकास उत्कर्षमा निहित हुनुपर्छ र उसको उपस्थितिले सामुदायिक बिकास अभ्यास, अनुभव र प्रयासको साथले परिवर्तन ल्याउन सक्छ’, संग्रौला बताउंछन । ‘युवा जोशले अरूलाई सशक्त पार्न सक्छ । जिम्मेवारीलाई वास्तविकतामा परिर्वतन गर्नु, व्यक्तित्वको दृष्टिलाई उच्च दृश्यमा राख्नु, दु:खमा परेकाहरुको कार्यसम्पादनलाई उच्च मापदण्डमा पुर्‍याउनु र यस संस्थालाई यसको सीमितताभन्दा बाहिर बनाउनु मेरो एजेन्डा हुनेछ’, संग्रौला थप्छन । भन्छन ‘मेरो पहिलो एजेन्डा एनआरएनएको भविष्यका लागि युवाका योजनाहरुका बारेमा अघि बढ्ने । गफ र दर्शनलाई राजनिती र भाषणमा होईन, वास्तविकतामा अनुवाद गर्ने क्षमताको बिकास गर्ने हुनेछ र सत्य कर्मको यो मार्गमा हिंड्न मैले सेनाले राष्ट्रको कसमा खाएजस्तै सामाजिक कसम खांदै अघि बढ्न कटिबद्ध छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *