२०८१ जेठ ७ गते | 20th of May 2024

‘एनआरएनए महिला आवाज बहस’, दोस्रो श्रृंखला फेब्रुअरी ७ तारिख

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ २३ गते १६:३५

अमेरिका – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रले महिला आवाज धाराबाहिक बहस सन्चालन गरिरहेको छ। बहसको दोश्रो शृंखला” यही आईतबार फेब्रुअरी ७ मा आयोजना गरिएको छ । गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रको आयोजनामा हुने यस शृंखलामा  NRNA ICC को अपडेट, Member verification update र Membership drive सम्बन्धि विशेष अन्तरक्रिया गरिने जानकारी अमेरिकाज क्षेत्रकी महिला संयोजक तथा कार्यक्रमकी संयोजक उमा कार्की थापाले जानकारी दिनुभएको छ।

साथै कार्यक्रमको मुख्य आकर्षक आउँदै गरेको अमेरिकाको चुनाव लाई मध्य नजर राखेर “महिला र युवाको एन.आर.एन.मा भूमिका र नेतृत्वलाई  अपरिहार्यता ठान्दै एन. आर. एन. ए. सदस्यता  बितरण तथा नविकरणको लागी पहल गर्दै बिशेष युवा तथा महिलाहरु कत्तिको उत्साहित छन् भन्ने सवालमा हुनेछ । साथै नेपाली समुदायमा एउटा फरक रुपान्तरको सुरुवात हुने समेत बताउनु भएको छ।

‘महिलाहरुको आवाज’ नामक श्रृंखलामा महिला र युवाको एन आर एन मा भूमिका र नेतृत्वको अपरिहार्यतालाई मध्य नजर गरि शुरुवात गर्न लागिएको हो र  बिभिन्न शिक्षण संस्था, व्यवसाय समाजसेवा तथा क्षेत्रहरु मार्फत समाजलाई नेतृत्व र प्रेरणा बढाउन सफल महिला दिदिबहिनीहरुको ज्ञान, सिप, क्षमता र अनुभवलाई सदुपयोग गर्दै यस क्षेत्रमा रहनुहुने आम नेपाली प्रवासि  महिलाहरुलाई हित गर्ने यसको प्रमुख उद्देश्य हो।

कार्यक्रमको बारेमा :

Topic: WOMEN’S VOICE Talk show episode -2nd 

Time: Sunday February-7 -2021 

7:00PM Eastern Time (US and Canada)

Time: Feb 7, 2021 07:00 PM Eastern Time (US and Canada)

Join Zoom Meeting

https://us02web.zoom.us/j/9756011315?pwd=dU5sM3V1djg5NmRZZEUyYUVkUGsxZz09
Meeting ID: 975 601 1315
Passcode: 2121
Find your local number:
https://us02web.zoom.us/u/kZjxnFsjn

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *