२०८१ साउन ११ गते | 26th of July 2024

‘नक्कली फोन गरिएको’ भन्ने भ्रममा नपर्न छानबिन समितिको आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ २५ गते ६:३७

अमेरिका – दुई बर्ष अगाडि सम्पन्न एनआरएनए, अमेरिकाको निर्वाचनमा बहुचर्चित २०९३ सदस्य संख्याको बारेमा छनबिन गर्न एनआरएनए आईसिसीको निर्देशनमा अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठीको संयोजकत्वमा गठित समितीले ‘एनआरएनए अमेरिकाको आसन्न निर्वाचनलाई लक्षित गरेर नक्कली फोन गरी सदस्यता वितरण तथा निर्वाचन भांड्न खोज्ने प्रकारका’ भन्ने कुनै कार्य नभएको जनाएको छ ।  

विश्वस्त शुत्रले दिएको जानकारीनुसार एनआरएनए अमेरिकाको केन्द्रिय समितिको बैठकमा धेरै सदस्यहरुले ‘आईसिसीद्दारा क्षेत्रीय संयोजक त्रिपाठीको संयोजकत्वमा गठित समितिले सदस्यता वितरणलाई प्रभाव पार्ने तवरले नक्कली फोन गरिएको’ बिषय उठान गरेको जानकारी पाएपश्चात संयोजक त्रिपाठीले आफुहरुले त्यस्ता अनुचित कार्य नगरेको जनाएका छन ।

संयोजक त्रिपाठीद्दारा प्रेषित वक्तब्य : 

Press-release

संयोजक त्रिपाठीद्दारा प्रेषित वक्तब्यमा ‘दुई बर्ष अगाडीदेखी विवादित २०९३ सदस्य संख्याबारे छानबिन गर्दा, केही सदस्यहरुको जानकारी आवश्यक परेको हुनाले संचार उप-समितिले उहांहरुसंग जानकारी मागेको मात्र’ उल्लेख गरिएको छ । वक्तब्यमा २०१९-२०२१ निर्वाचनको विवादित सदस्यबारे मात्र छानबिन गरिरहेको र २०२१-२०२३ को बारेमा आसन्न एनआरएनए अमेरिकाको सदस्यता वितरण र निर्वाचनलाई असर पर्ने कुनै काम नगरिएको स्पष्ट पार्न चाहेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *