२०८१ वैशाख २४ गते | 6th of May 2024

प्रधानमन्त्री ओली जङ्गी अड्डामा

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ २५ गते १५:००
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको गौरवपूर्ण इतिहास रच्न योगदान गरेका महान् पुर्खा र पूर्वजको सम्मान गर्नुपर्ने बताउनुभएको छ । नेपाली सेनाले आयोजना गरेको एकीकरण मार्ग कार्यक्रम वृहत् सेमिनारको आज जङ्गी अड्डामा समापन गर्नुहुँदै प्रधानमन्त्री ओलीले पुर्खाको बलिदान र इतिहासलाई ताजा राख्दै गढी, किल्ला र मार्गको संरक्षण गरी पर्यटकीय स्थलको रुपमा विकास गर्न एकीकरण मार्ग कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफ्ना स्वार्थका लागि हुने एकीकरणले देश भक्ति र गम्भीरताको अभाव हुने उल्लेख गर्नुहुँदै एकीकरणका लागि राष्ट्र निर्माणको इतिहास र पुर्खाको बलिदानलाई स्मरण गर्नुपर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले कुनै पनि कुरालाई विधि, प्रणाली, प्रक्रिया र संविधानसम्मत ढङ्गले न्यायोचित हकहित सबैले पाउनु पर्ने उल्लेख गर्नुभयो ।
स्वार्थलाई बलको आधारमा फैसला गर्न खोजियो भने हिंसा पैदा हुने भन्नुहुँदै प्रधानमन्त्री ओलीले स्वार्थलाई हितको रुपमा बुझेर विधिसम्मत ढङ्गले प्राप्त गर्न खिजियो भने मात्र पूर्ण शान्ति प्राप्त हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल पुराण र शास्त्रमा समेत वर्णित मुलुक भएको स्मरण गर्नुहुँदै गढी र किल्ला मुलुक जोगाउने महत्त्वपूर्ण स्थल रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *