२०८१ जेठ ८ गते | 21st of May 2024

अस्ताए दिपक, निभ्यो चम्किलो दीप

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ २५ गते १८:१४

लस एन्जलस – एउटा चम्किलो दिप अस्ताएको छ, लस एन्जलसबाट । सुन्दा पनि अपत्यारिलो ! सम्झदां सबैका आंशुको बलिन्द्रधारा । राम्रा मान्छे भगवानका पनि प्यारा हुंदारहेछन । सर्वप्रिय प्रकाश घिमिरेको स्वर्गवासको घाउको खाटो रहंदै लस एन्जलस नेपाली समाजले आफ्नो एक पक्का अभिवाभक गुमाएको छ । श्रीपशुपतिनाथ फाउन्डेशन, युएसए, लस एन्जलसका संस्थापक दिपक पाठकको हिजो राती करिब १२ बजे देहावासन भएको छ ।

परलोक गमनपछि मान्छेका गुणगान गाउने प्रचलन छ । तर काम बोल्ने अनि रातोदिन मन्दिर निर्माणमा लागेका श्रीपशुपतीनाथ तथा बुद्ध मन्दिरका एउटा खम्बा स्वर्गिय पाठकको असामयिक निधनले लस एन्जलस आज स्तब्ध छ । लस एन्जलसमा आज कसैको फोन उठ्दैन, मान्छेमा श्री पाठकको लोक गमन पिडाले सामर्थ्य परेको छ, आंशु झरेको छ छ भने एउटा ठुलो बज्रपात परेको छ । 

कसैलाई चिढाउन नजानेका आदरणीय अभिभावक पाठक समाजमा कसैका आंखामा नबिझाउने पात्र थिए । सहयोग मात्र गर्न जानेका, राजनीतिक दुवातिर्कीबाट टाढा रहने तथा चट्ट जुंगामा सजिएर मन्द मुस्कुराहट छर्ने उहांलाई भेट्दा सारा कष्ट नाश हुन्थे । दर्द साम्य हुन्थे । एउटा भयंकर दार्शनिक तथा योगगुरुको समिपमा पुगेसरी हुन्थ्यो, उहांको समिपमा पुग्दा ।

तर, सत्य यही भयो । सबैलाई छाडेर जानुभयो, दिपक दाई । हजुरको आत्मालाई शान्ती मिलोस । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ।
अल बिदा दिपक दाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *