२०८१ वैशाख २४ गते | 6th of May 2024

‘निर्वाचन आयोग खुट्टा नकमाउ, ठगी धन्दाको पछि नलाग’ – प्रचण्ड

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ २८ गते १४:२७

काठमाडौं –     नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली ठगी धन्दामा लागेको बताएका छन् । बुधबार ओलीको प्रतिगामी कदमको विरोधमा आयोजित बृहत सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीले माधव नेपाल र आफु लगायतका धेरै नेताहरुलाई झुठ कुरा गरेर र ढाँटेर गल्ती गरेको बताए । उनले ओलीको प्रतिगामी कदम पछिको अवस्था सर्वोच्च अदालत र न्यायाधीशहरुले समेत हेरेको भन्दै सर्वोच्च अदालतले न्याय, संविधान र लोकतन्त्रको पक्षमा फैसला गर्ने विश्वास रहेको बताए ।

उनले आफुहरु कानुनी राज्यको मान्यतामा दृढ रहेको भन्दै त्यसैका लागि नयाँ संविधान बनाइएको बताए ।  ‘नेपालको लागि कस्तो संविधान बनायो भने राजनीतिक स्थयित्व र जनताको हित हुन्छ भनेर बनाइएको हो । यदि त्यसो भएन भने आँधी आउँछ हुरी चल्छ’ प्रचण्डको चेतावनी छ । प्रचण्डले ओलीलाई चेतावनी दिँदै भने, ‘म केपीलाई भन्छु–अर्को पटक १० लाख जनता लिएर सिंहदरवार र बालुवाटार घेर्नुनपरोस् ।’

उनले केपी ओलीले निर्वाचन आयोगलाई धम्की दिएको भन्दै आयोगका केही मानिस अलि डराएको बताए । ‘तर लक्षण निर्वाचन आयोगले राम्रो देखाएको छैन । ७० प्रतिशत हाम्रो पक्षमा छ तर ओलीले धम्क्याउँदैमा तपाईंहरुको पनि खुट्टी देखियो । ढाई सय वर्ष पुरानो सामन्ती सासन फाल्ने केपी ओली होइन, खेलाची नठाने हुन्छ ।  निर्वाचन आयोग खुट्टा नकमाउ, ठगी धन्दाको पछि नलाग’ प्रचण्डले आयोगलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *