२०८१ माघ ४ गते | 17th of January 2025

गिरिजाप्रसाद कोईराला फाउण्डेशन, अमेरिका च्याप्टरको पहलमा कोभिड-१९ को परीक्षण

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ २८ गते १५:५०

न्यूयोर्क – गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टर ले लिगल गुड र सामुदायिक विकास को लागी अन्तरद्रोही परिषद सॅंग सहकार्य गर्दै न्युयोर्क शहरको क्वीन्स स्थीत मोनार्क क्लीनिककी डाक्टर अलिसीया अलमेन्ड्रल ले निशुल्क उपलब्ध गराउनु भएको आफ्नै क्लीनिक मा फ्रेबवरी ६, २०२१, शनिवारका दिन सबै समुदायका मानिसहरुलाई निशुल्क कोभिड-१९ को पि.सि.आर टेस्ट गराई सहयोग गर्नु भयो। हाम्रो यो प्रथम “स्वाब एण्ड सेभ लाईभ्स” को अभियान भव्यताका साथ सम्पन्न भएको छ।No description available.

आजको कोभिड-१९ को पि.सि.आर टेस्ट फाउण्डेशनको पहलमा ४७ जना नेपाली समुदायका व्यक्तीहरुले गर्नु भएको भन्ने जानकारी यसै क्वीनिकका म्यानेजिड॰ पार्टनर जोन बाल्टजर ले गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेलाइ दिनु भयो। हाम्रो प्रथम “स्वाब एण्ड सेभ लाईभ्स” को अभियान कार्यक्रममा प्रमुख अतिथीको रुपमा रोन्डा बिन्डा-सहायक प्रेसिडेन्ट क्वीन्स बोरो प्रेसीडेन्ट अफिस एंव पुर्व उप-निर्देशक, यु.एस. डिपार्टमेन्ट अफ स्टेटको उपस्थितीले झनै हौंसला बडाएको छ भने कार्यक्रममा फाउण्डेशन का उपाध्यक्ष श्री सुवर्ण लामा, कार्यसमिति सदस्यहरु क्रमश: रेखा श्रेष्ठ, राम चन्द्र अधिकारी, राजेश आचार्य, प्रेम अधिकारी क्षेत्री, लिगल गुडकी अध्यक्ष लारा ग्रेगोरी, फिलिपीनो-अमेरिकनकी नेत्री सिसीली लाई लगायतको विशेष उपस्थिती रहेको थियो।No description available.

फ्रेबवरी ४, सात बजे बेलुका “स्वाब एण्ड सेभ लाईभ्स” जुम मार्फत प्रत्यक्ष प्रक्षेपण भएको थियो र यस प्रक्षेपण कार्यक्रममा यु.एस. कांग्रेसवुमेन ग्रेस मेड॰, न्युयोर्क राज्यका ऐसेम्ब्लीमेम्बर द्वय जेनिफर राजकुमार, खलिल ऐन्जरसन, न्युयोर्क राज्यका सेनेटर लेरोय काम्री, न्युयोर्क शहरका सिटी काउन्सीलमेन बेरी ग्रोडेनचुक को उपस्थीति रहेको थियो।No description available.

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले लिगल गुड, आ.सि.सि.डी लगायत बिभिन्न संघ-संस्थाहरु सॅंग सहकार्य गर्दै “स्वाब एण्ड सेभ लाईभ्स” को अभियान बृहत तरिकाले अगाडि बडाउने र कोभिड-१९ को खोप पनि अब छिट्टै सबै माझ पुर्र्याउनका लाही पहल गर्ने छ। यसै कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले एन.वाई.सि. पब्लीक ऐडभोकेढ जुमाने विलीयम्सले प्रदान गर्नु भएको लारा ग्रेगोरीको प्रसंसा पत्र हस्तान्तरण गर्नु भयो।No description available.

“सेवा नै धर्म हो” र गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टर ले मोनार्क क्लिनीककी डाक्टर अलिसीया अलमेन्ड्रल र वॅंहाको चिकित्सा टोलीले आज मानविय सेवा गरेकोमा र्प्रशन्नता व्यक्त गर्दै धन्यवाद एंव आभार प्रकट गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *