२०८१ साउन १२ गते | 27th of July 2024

एनआरएनए अमेरिकाको सदस्य बन्न नेजस अमेरिकाको आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ २८ गते १६:०५

न्यूयोर्क – आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा भाग लिने अधिकारका लागि सदस्य बन्न तथा नविकरण गर्नका लागि नेपाली जनसम्पर्क समिती, अमेरिकाले आग्रह गरेको छ । जनसम्पर्क समिती अमेरिका, अधिवेशन तयारी समितिका महासचिव मुनेन्द्र नेम्वाङ्गले वक्तब्य प्रकाशित गर्दै चेली भागीरथी भट्टको हत्यको भत्सर्ना गरेको छ ।

महसचिव नेम्वाङ्गद्दारा प्रेषित वक्तब्य :

गैर आवसीय नेपालीसंघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आगामी ( २०२१-२०२३ ) कार्यकालको लागि सदस्यता नविकरण तथा नयॅा सदस्यता वितरण भइ रहेको कुरा हामी सबैमा अवगत नै छ । गैर आवसीय नेपालीको हक अधिकारको बारेमा र समग्र नेपालीहरूको सकोकारको बिषयहरूमा आवाज उठाउने एउटा आधिकारिक साझा संस्था भनेको एनआरएनए नै हो । त्यसैले यस संस्थाबाट नीतिगत तहमा हुने काम कारवाही सधैं विवाद रहित र पारदर्शी बनाउॅनका लागि, सबैको भावनाको प्रतिनिधित्व र सम्बोधन हुने वातावरणको सृजना गर्न र संस्थालाई सशक्त,मजबूद एकतावद्ध तथा सबै अटाउने बृहत साझा संस्था बनाउनका लागि अमेकिकामा रहेका नेपाली समुदायमा कृयाशील र स्थापित संघसंगठनहरूको गहन भुमिका रहन्छ ।

यसै सन्दर्भमा आज फेब्रुवरी ७ तारीख २०२१ आइतबारका दिन नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति आनन्द बिष्टको अध्यक्षतामा समितिका सल्लाहकार, च्याप्टरका सभापति, अमेरिकामा रहेका नेका केन्द्रीय विभागका सदस्यहरू र कार्यसमितिको सम्युक्त जुम बैठक एनआरएनएको बिषयमा छलफलका लागि बस्यो ।

सो जुम बैठकको निर्णय अनुसार गैर आवसीय नेपालीसंघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आगामी ( २०२१-२०२३ ) कार्यकालको लागि हुन गइरहेको महाधिवेशनमा सकृय सहभागिताका निमित्त सदस्यता नविकरण र वितरण गर्ने अन्तिम मिति यही फेब्रुवरी १५ तारीख २०२१ सम्म मात्र भएकोले तोकिएको समय भित्रै, सदस्यता लिइदिनहुनका लागि बिशेष गरेर संस्थामा आवद्ध शुभेच्छुक, शुभचिन्तक, साधरण एवं कृयाशील सदस्यहरू र अमेरिकावासी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली जनसम्पर्क समिति अमेरिका यसै विज्ञप्ति मार्फत हार्दिक बिनम्र अनुरोध गर्दछ ।

साथै, यही माघ २१ गते, वैतडी दोगडा केदार गाउँपालिकाकी १२ कक्षामा अध्ययनरत १७ बर्षीया भागरथी भट्टको बलात्कार गरि अमानवीय तवरले जघन्य हत्या गरेको घटना प्रति घोर निन्दा र भत्सर्ना गर्दै नेपाली जनसम्पर्क समिति अमेरिका यस्ता बर्बर र अपराधिक घटनामा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम हदैसम्मको कारवाही गर्न सरकारसंग जोडदार माग गर्दछ । यस दु:खद घडीमा सिंगो समितिको तर्फबाट भागरथी भट्टको आत्माको चिरशान्तिको कामना गर्दै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।

धन्यवाद !

मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क अधिवेशन
तयारी समिति अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *