अमेरिका – एनआरएनए अमेरिकाको सदस्यता बितरण अभियानको पछिल्लो जानकारी अनुसार हिजो साझसम्ममा सदस्य संख्या कुल १०हजार ४सय ८५ पुगेको छ । यो फेब्रुअरी ९ तारिख साझ ९ बजेसम्मको बिबरण भएको मेम्बरसीप भेरिफिकेशन कमिटीका चेयर डाक्टर राजन पन्तले बताउनु भयो ।
एनआरएनए अमेरिकामा संचार संयोजक सतिश त्रिपाठीले पठाउनुभएको जानकारीनुसार डाक्टर पन्तका अनुसार १ हजार ८ सय ४७ आजिवन सदस्य र ८ हजार ६ सय ३८ साधारण सदस्य रहेका छन ।यो संख्या भेरिफिकेशन कमिटीले प्रमाणित गरेका सदस्यहरुको संख्या हो । यी सदस्यहरुलाई सुपरिवेक्षण कमिटीले प्रमाणित गरेपछि मात्र आधिकारीक मानिनेछ ।

मेम्बरशिप भेरीफिकेशन कमिटीका चेयर डा. पन्त
“आवश्यक डकुमेन्ट पुरै नभएका कारण केही संख्या पेन्डिगंमा छन साथै सुपरिवेक्षण कमिटिले हामीले पठाएका नाम कारण देखाएर हटाउन सक्ने भएकाले यो संख्यामा थपघट हुनसक्छ” भेरिफिकेशन कमिटीका चेयर पन्तले बताउनु भयो । चेयर डा. पन्तका अनुसार पछिल्लो अवस्थामा एक दिनमा करिब ७०० देखी ८०० जना नयाँ सदस्य बन्ने क्रम रहेको गराउनुभयो ।