२०८१ वैशाख २१ गते | 3rd of May 2024

हानको १४ सुत्रीय मागपत्र पर्यटन मन्त्रीलाई बुझाईयो, तत्काल पर्यटन पुनरुत्थान सम्भव देखिएन

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ २९ गते १३:४७

काठमाडौं – होटल एसोसिएसन नेपाल (हान)ले विभिन्न माग राखी सरकारलाई १४ सत्रीय मागपत्र पेस गरेको छ । बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई भेट गरि हानका प्रतिनिधिहरुले १४ बुँदे मागपत्र बुझाएका हुन् । कोरोना–१९ पछि होटल व्यवसायको क्षेत्र निकै नाजुक अवस्थामा पुगेको भन्दै हानले सो क्षेत्रको वास्तविकता बुझी सोही बमोजिम सहयोग गरिदिन पर्यटन मन्त्रीसँग माग गरेका छन् ।

कोभिड–१९ का कारण व्यापार व्यवसाय नहुँदा बैंकिङ्ग ब्याजदर किस्ता चलाउन नसकेको, भाडामा समस्या भएको, विद्युत महशुल तिर्न कठिन भएको र कर्मचारीलाई तलब समेत खुवाउन नसकिने अवस्था बनेको भन्दै सो समस्या समाधनमा सहयोग गरिदिन हानले मन्त्रीसँग आग्रह गरेको हो । हालका लागि होटल व्यवसाय खुल्ला गरिएपनि व्यापारका रुपमा प्रायः होटलहरु बन्द नै रहेको भन्दै कोरोनाको विशेष परिस्थिति र पर्यटक आगमनको अनिनिश्चितता हेर्दा तत्काल पर्यटन पुनरुत्थान सम्भव नदेखिएको हानको भनाई छ । कोरोनाका कारण होटल बन्द हुँदा आम्दानी शून्य रहेको समयमा अधिकतम खर्च कर्मचारीहरुको पारिश्रमिकमा जाने र विगत १० महिनादेखि कर्मचारीहरुलाई नियमित भुक्तानी भइरहेकोले ऋणमाथि ऋण थपिएको स्मरण गराउँदै अबका दिनमा कसरी कर्मचारीको व्यवस्थापन गर्ने भन्ने समस्या रहेकोले सरकारी सहयोग र समन्वयको आवश्यकता औंल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *