अमेरिका – एनआरएनए अमेरिकाको सदस्यता बितरण अभियानको पछिल्लो जानकारी अनुसार आज फेब्रुअरी १०, २०२१ साझसम्ममा सदस्य संख्या कुल ११ हजार १सय ९९ पुगेको छ । यो फेब्रुअरी १० तारिख साझ ९ बजेसम्मको बिबरण भएको मेम्बरसीप भेरिफिकेशन कमिटीका चेयर डाक्टर राजन पन्तले बताउनु भयो ।
डाक्टर पन्तका अनुसार १ हजार ८ सय ८० आजिवन सदस्य र ९ हजार ३ सय १९ साधारण सदस्य रहेका छन । यो संख्या भेरिफिकेशन कमिटीले प्रमाणित गरेका सदस्यहरुको संख्या हो । यी सदस्यहरुलाई सुपरिवेक्षण कमिटीले प्रमाणित गरेपछि मात्र आधिकारीक मानिनेछ । 
एनआरएनए अमेरिकाका संचार संयोजक सतिश चापागाईंले उपलब्ध गराउनुभएको जानकारीनुसार “हटाउन वा पुन: रिभ्यु गर्नुपर्ने अवस्था हुनसक्ने कारणले गर्दा यो संख्या एनआरएनए अमेरिकाको बिधान र सदस्यताका लागि आवश्यक रिक्वायरमेन्टका आधारमा घटबढ हुनसक्ने सम्भावना रहन्छ।” भेरिफिकेशन कमिटीका चेयर पन्तले बताउनु भयो।