२०८१ पुष २८ गते | 12th of January 2025

गिरिजाप्रसाद फाउन्डेशनद्वारा पुर्व न्यायाधिस रफायलसंग छलफल

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ २९ गते २१:१५

न्युयोर्क – गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टरको कार्यालयमा अमेरिकाका पुर्व न्यायधीस थोमस रफायलसँग यस संस्थाकापदाधिकारी लगायत विभीन्न महानुभावहरूले वर्तमान परीवेशमा अमेरीकाको वदलिएको सरकार एवं राजनैतिक प्रशासन र यस्ले अध्यागमन क्षेत्रमा ल्याउनेपरीवर्तन एवं यस्का प्रभावका विषयमा अन्तर्कृयात्मक छलफल गर्यो।

यस फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमीरे, उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिती सदस्यहरू रामचन्द्र अधिकारी, रेखा श्रेष्ठ, प्रेम क्षेत्री अधिकारी, ध्रुव कुवँरक्षेत्री, राजेश आचार्य, विशेष अतिथिहरु क्रमश: वरिष्ठ पत्रकार बि.के. नेवा, २०३६ साल ने.वि. संघकी केन्द्रीय सदस्य कविता श्रेष्ठ मल्ल, शन्त रीसाल, राधा सींह, सिता शाहि, रिता खडका लगायतको उपस्थीतीमा करीव २ घण्टा लामो सो अन्तर्कृयात्मक छलफलमा नेपाली समुदायका अध्यागमन सम्वन्धीसमस्याहरूका जवाफ न्यायधीस रफायलले सरल ढंगले दिनुभएको थियो।

वहाँले समुदायसँग मिलेर फाउन्डेसनले कोरोना कहरमा गरेको कामको उच्चप्रशंसा गर्दै, आगामी दिनहरूमा वाईडेन प्रशासनले अध्यागमन निती सहज वनाई, सबै अमेरीकावासी आप्रवासीहरूलाई कानुनी दायरामा ल्याउनेमा आफुआशावादी रहेको वताउनुभयो।

यसै फाउण्डेशनका मनार्थ सदस्य शन्त रीसाल लाई पुर्व न्यायधीस थोमस रफायलले प्रसंसा पत्र वाट सम्मान गर्नु भयो। वहाँले छिट्टै कानुन संसोधन भैआउने कुरा व्यक्त गर्नुभयो र आप्रवासीको मुद्दा मुल मुद्दा भएकोले यस्लाई यो सरकारले टुंगोलगाउन अवसर समेत भएकोमा वहाँको जोड थियो।अन्तर्कृयामा संस्थाका अध्यक्ष घिमीरे, उपाध्यक्ष लामा,केन्द्रीय सदस्य रामचन्द्र अधिकारी,प्रेम क्षेत्री अधीकारी, राजेश आचार्य, ध्रुव कुवँर ,रेखा श्रेष्ठलगायतले विभिन्न जिज्ञासा राख्नुभएको थियो।

पुर्व न्यायधीस राफायलले स्थानीय जनप्रतिनिधी र सरकारका अंगसँग मिलेर काम गर्न सुझाव दिँदै सो कार्यमा आफुले न्युयोर्क राज्य र न्युयोर्क शहरकासबै निर्वाचित अधिकारीहरू सॅंग सहकार्य गरी यसै फाउण्डेशनलाई अझै अग्रपंक्ती मा पुर्याउन पुर्ण सहयोग गर्ने वचनवद्दता प्रकट गर्नुभयो।

आफ्नो कार्यव्यस्तताका वावजुद करीव २ घन्टा समय फाउन्डेशनलाई दिनुभएका पुर्व न्यायधीस राफायल सँग सिंगढा र चिकन बिरीयानि र चिया सहितकोदिउंसोको भोजन गरी कार्यक्रम गर्नपाएकोमा संस्थाका उपाध्यक्ष शुवर्ण लामाले प्रशन्नता व्यक्त गर्दै उक्त भोजनको प्रायोजक टेस्ट अफ लाहोर रेस्टुरेन्टकीप्रोप्राईटर रेखा श्रेष्ठलाई धन्यवाद ज्ञापन गर्नु भयो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले पुर्व न्यायधीस राफायल लाई धन्यवाद एंव आभार प्रकट गर्द छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *