काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका छन् । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता खनाल नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि शुक्रबार विहान भारत गएका थिए ।
खनालमा उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको बताइएको छ । खनाललाई एपोलो अस्पतालमा राखिएको भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले सामाजिक संजालमार्फत जानकारी दिए । आचार्यले खनाल भर्ना भएको अस्पतालमा पुगेर भेट गरेका थिए ।