२०८१ जेठ ६ गते | 19th of May 2024

निर्वाचनको मिति घोषणा गरेको सरकारले गर्यो ठुलो संख्यामा सचिवहरुको सरुवा

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन १ गते १०:३३

काठमाडौँ – प्रतिनिधीसभा बिघटन गरि आगामी बैशाखमा निर्वाचनको मिति घोषणा गरेको सरकारले ठुलो संख्यामा सचिवहरुको सरुवा गरेको छ ।  यद्यपि हेरफेरमा पर्ने सचिवहरुको सूची भने सार्वजनिक गरेको छैन र तिनलाई औपचारिक रमाना पत्र पनि दिइएको छैन ।मन्त्रिपरिषद्को बिहीबारको बैठकले सचिव हेरफेरसम्बन्धी निर्णय लिएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार, करिब एक दर्जन सचिव मन्त्रालय र आयोगतिर फेरबदलमा भएका छन् । उनका   अनुसार, गृह, सञ्चार, स्वास्थ्य जस्ता मन्त्रालयका सचिव भने सरुवा भएका छैनन् ।  प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेको सरकारले सबभन्दा बढी चलखेल निर्वाचन आयोगमा गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सचिव सुरेश अधिकारीलाई निर्वाचन आयोग लगिएको छ । अधिकारी अख्तियारको सचिव बनेको पनि लामो समय भएको थिएन । निर्वाचन आयोगमा कार्यरत देवकुमारी गुरागाईँलाई राष्ट्रिय वित्त आयोग पुर्‍याइएको छ ।स्रोतका अनुसार मन्त्रिपरिषद्‌मा कार्यरत सचिव तोयनारायण ज्ञवाली लोकसेवा आयोग लगिएको छ । उनी केही समयअघि मात्रै लुम्बिनी प्रदेशको प्रमुख सचिवबाट मन्त्रिपरिषदमा ल्याइएको थियो । मन्त्रिपरिषद् स्रोतका अनुसार, युवा तथा खेलकुद सचिव रामप्रसाद थपलियालाई शिक्षा सचिव बनाइएको छ । प्रदेशका एकका प्रमुख सचिव दिनेश भट्टराई उद्योग मन्त्रालयमा र लोक सेवा आयोगका सचिव अर्जुनप्रसाद पोखरेललाई वाणिज्य मन्त्रालयमा सरुवा गरिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव सूर्य गौतमलाई श्रम मन्त्रालयको सचिव बनाइएको छ । शिक्षा सचिव गोपी मैनाली सार्वजनिक खरिद अनुमगन कार्यालय लगिएको छ । उनको चार वर्ष आठ महिना सचिवको कार्यकाल चल्दैछ । सचिव भएपछि उनको यो आठौं सरुवा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *