२०८१ जेठ ७ गते | 20th of May 2024

एनआरएनए अमेरिकाको सदस्य संख्या १३ हजार, ‘सबैभन्दा ठुलो एनसिसी बन्दैछौं’ – अध्यक्ष साह

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन १ गते १६:४४

अमेरिका –  एनआरएनए अमेरिकाको सदस्यता बितरण अभियानको पछिल्लो जानकारी अनुसार आज फेब्रुअरी १२, २०२१ साझसम्ममा सदस्य संख्या कुल १२ हजार ९ सय ६४ पुगेको छ । यो फेब्रुअरी १० तारिख साझ ९ बजेसम्मको बिबरण भएको मेम्बरसीप भेरिफिकेशन कमिटीका चेयर डाक्टर राजन पन्तले बताउनु भयो । डाक्टर पन्तका अनुसार २ हजार १ जना आजिवन सदस्य र १० हजार ९ सय ६३ साधारण सदस्य रहेका छन ।

यो संख्या भेरिफिकेशन कमिटीले प्रमाणित गरेका सदस्यहरुको संख्या हो । यी सदस्यहरुलाई सुपरिवेक्षण कमिटीले प्रमाणित गरेपछि मात्र आधिकारीक मानिनेछ । “हटाउन वा पुन: रिभ्यु गर्नुपर्ने अवस्था हुनसक्ने कारणले गर्दा यो संख्या एनआरएनए अमेरिकाको बिधान र सदस्यताका लागि आवश्यक रिक्वायरमेन्टका आधारमा घटबढ हुनसक्ने सम्भावना रहन्छ।” भेरिफिकेशन कमिटीका चेयर पन्तले बताउनु भयो।

सबैभन्दा ठुलो एनसिसी बन्दैछौं – अध्यक्ष साह

एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले एनआरएनए अमेरिका सबैभन्दा ठुलो एनसिसी बन्ने बाटोमा रहेको बताउनुभयो । ‘यसभन्दा अगाडीको अंकाडाअनुसार बेलायतको एनसिसीमा करिब १३ हजार सदस्य थिए र त्यहांको एनसिसी सबैभन्दा ठुलो भएको थियो’ अध्यक्ष साहले बताउनुभयो । ‘अमेरिकामा पछील्लो जानकारीनुसार करिब १४ हजार सदस्य बनेको अपडेट आफुले पाएको र अझै सदस्य बन्न बांकी ३ दिन भित्रको सदस्य संख्याले डा. केशब पौडेलको कार्यकाल पश्चात एनआरएनए अमेरिका सबैभन्दा ठुलो एनसिसी बन्ने आशा गरेका छौं,’ अध्यक्ष साहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *