२०८१ पुष २९ गते | 13th of January 2025

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फागुन ५ गते बस्ने

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २ गते १३:५५

काठमाडौ  – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फागुन ५ गते बस्ने भएको छ। कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल आइतबार विज्ञप्ति जारी गर्दै बुधबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बैठक बस्ने  जानकारी दिएका छन्।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरू सहभागी हुनेछन्। यसअघि कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासँग तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए। संसद छलेर ल्याइएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश र सोही अध्यादेशबमोजिम संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्तिका विषयमा छलफल गर्न  कांग्रेस केन्द्रीय समिति बैठक बस्नुपर्ने पौडेलको भनाइ थियो। संवैधानिक निकायमा भएका नियुक्तिको कांग्रेसले विरोध गर्दै आएको छ। तर कांग्रेस सभापति शेरबहादुर देउवाले भने यसको कडा विरोध गरेका छैनन्। देउवा निकट पूर्वडिआइजी जयबहादुर चन्दलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्ति गरिएकाले यसमा देउवाको समर्थन रहेको कतिपयको बुझाइ छ। देउवाको सचिवालयले भने संवैधानिक निकायमा सिफारिसका लागि आफूहरूले कुनै नाम नदिएको दाबी गर्दै आएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *