२०८१ जेठ ६ गते | 19th of May 2024

सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन ४ गते १४:४४

काठमाडौ –   बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन्। बस्नेतलाई मंगलबार साँझ काठमाडौं गोंगबुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले  जानकारी दिए।’उनलाई हामीले  गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेका छौं,’ सिंहले भने, ‘परिसर ल्याएर अनुसन्धान अघि बढाउँछौं।’

बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएको थियो।बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्बिर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो। बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्बिरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामग्री सार्वजनिक गर्ने धम्की दिएका थिए।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। त्यही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन्। बस्नेत एक्सन फर सोसियल चेञ्जका संस्थापकसमेत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *