२०८३ साउन २८ गते | 13th of August 2026

मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्री नियुक्त

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २९ गते ६:२८

काठमाडौं २९ असार । सरकारले सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिवमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई मुख्यसचिवमा बढुवा गरेको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। कानुन सेवाबाट प्रशासनमा आएर सचिव बनेका क्षेत्री गरीबी निवारण तथा सहकारी मन्त्रालयमा दरबन्दीमा थिए।
मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडीबी) को जागरिमा अनुबन्धित भएपछि मुख्यसचिव पद रिक्त थियो। सुवेदी एडीबीको उपकार्यकारी निर्देशक बनेर फिलिपिन्सको मनिला प्रस्थान गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *