२०८१ जेठ ६ गते | 19th of May 2024

भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्ति सार्वजनिक

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन ५ गते १३:५३

          काठमाडौ- बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । घटना भएको १३ दिनसम्म सूक्ष्म ढङ्गले अनुसन्धान गरेको प्रहरीले सनातन धर्म माविमा कक्षा ११मा अध्ययनरत भागरथीकै सहपाठी दिनेश भट्टलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

दिनेशले प्रहरी समक्ष दिएको बयान र भेटिएका प्रमाणहरूको आधारमा प्रहरी उनले नै घटना गराएको निष्कर्षमा पुगेको छ । भागरथीको न्यायका लागि भन्दै भएका प्रदर्शनमा समेत सहभागी दिनेशलाई शङ्कास्पद मानी प्रहरीले निगरानी गरिरहेको थियो ।उनले आफैले सुरुमा भीरबाट लडाएको र त्यसपछि बलात्कार गरी हत्या गरेको बयान दिएका छन् । उनले भागरथीको घरपरिवारसँग पहिले देखिको दुस्मनी रहेकाले यसरी हत्या गरेको बयान दिएका छन् ।

प्रहरीका अनुसार यी दुवै परिवारबीच पहिलेदेखि रिसिबि हुनुका साथै आरोपितको परिवारका व्यक्तिहरूले दैनिक बयान परिवर्तन गरिरहेका थिए । तर हिजो आफैले घटनाबारे जानकारी दिएको र हत्या स्वीकार गरेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुबेदीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *