२०८१ जेठ ६ गते | 19th of May 2024

प्रदेश २ को प्रमुखमा राजेश झा (अहिराज) नियुक्त, तिलक परियार पदमुक्त

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन ७ गते १०:५५

काठमाडौ-  प्रदेश २ को प्रमुखमा राजेश झा (अहिराज) नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका राजेश झालाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्। उनी राजेश अहिराजको नामले परिचित छन्। २०३६ साल जेठमा रौतहटको संग्रामपुरमा जन्मिएका राजेश मधेश मामिलाका जानकार मानिन्छन्।

त्रिभुवन विश्वविद्यालयवाट ‘मधेश आन्दोलन र मधेशवादको विकासक्रम’ विषयमा विद्यावारिधी गरेका उनी पत्रकारितासमेत गर्दै आएका छन्।  यस अघि आजै   राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  परियार पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *