२०८१ माघ २६ गते | 8th of February 2025

प्रधानमन्त्रीले नै दिए प्रतिनिधिसभा बिघटन बदर भए आन्दोलन गर्ने चेतावनी

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन ८ गते १२:०७

काठमाडौ  -सर्वोच्च अदालतमा प्रतिनिधिसभा बिघटनमा परेको रिटगर्ला निबेदनमा बहस सकिए लगत्तै अव अदालतले बिघटन सदर गर्ला कि बदर ? सबैको चासोेको विषय बनिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले बिघटन बदर गरे आन्दोलन गर्ने चेतावनी दिएका छन । प्रधानमन्त्री ओलीले ‘सेटिङ-फेरिङ’ भएर प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन  । शनिबार आफूपक्षको बिराटनगरमा आयोजित आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन्।

प्रतिनिधिसभा विघटन सदर गराउन ‘सेटिङ’ गरिरहेको भन्दै अरू राजनीतिक दलले आरोप लगाइरहेका बेला उनले भने संसद पुनर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गरे। ‘कुनै सेटिङ-फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन,’ उनले भने।ओलीले अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै त्यसविपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन समेत कार्यकर्तालाई भने। उनले देश चुनावमा गइसकेको र प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार रहेको बताए। चुनाव वैशाखमै हुने दाबी दोहोर्‍याउँदै ओलीले आफूले नेतृत्व गरेको नेकपाले नै बहुमत ल्याउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *