२०८१ माघ ४ गते | 17th of January 2025

सन्तनेता स्वर्गीय भट्टराईको ३० वर्ष अघिको सपना पुरा हुंदै, मेलम्चीको साढे २६ किलोमिटर सुरुङमा फेरि पानी भरी परीक्षण सुरु

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन १० गते १५:००

काठमाडौ-  तीनदशक बढीको मेलम्ची सपना पूरा हुने अवस्थामा पुगेको छ । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०४८ को चुनाव प्रचारका क्रममा बानेश्वरमा भाषण गर्दै ‘म मेलम्चीको पानी ल्याएर सडक पखाल्छु’ भनेका थिए ।  मेलम्चीको पानी ल्याएर राजधानीको सडक पखाल्ने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको घोषणासँगै मेलम्ची खानेपानी आयोजनासँग राजधानीबासीको नयाँ सपना जोडियो । मेलाम्चीको पानी काठमाडौ ल्याउने पहिलो सोच सन्त नेताकारुपमा समेत चिनिएका भट्टराईको होला या अरु कसैको होला तर  मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा आज फेरि पानी भर्न थालेर परीक्षण सुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण थालेको आयोजनाले बताएको छ । खानेपानी मन्त्री मणि थापा, युवा तथा खेलकुद मन्त्री दावा तामाङ, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्व कानुन मन्त्री शेर बहादुर तामाङलगायतको टोलीले आज स्विच थिचेर पानी भर्न थालिएको हो ।

आयोजनास्थल अम्बाथान सुरुङमा नै औपचारिक कार्यक्रम गरेर काम अगाडि बढाइएको छ । गत असार २१ गतेबाट पानी परिक्षण सुरु गरेको आयोजनाले ३० गते १७ नम्बर गेट फुटेर परिक्षण स्थगित गरिएको थियो । सो घटनामा दुई जनालाई खालाले बगाएको समेत थियो । दुई जना मध्ये एक जनाको शव फेला परेको छ भने एक जनाको शव शव अझै फेला परेको छैन ।आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैङ्क (एडिबी)को अनुदान सहयोग अन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहान स्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो । “विशेषज्ञहरूले निरीक्षण गर्नुभयो, उहाँका महत्त्वपूर्ण सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि तयार गरिएको छ,” आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिनुभयो ।

विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको  निर्देशक खत्रीले बताउनुभयो । परीक्षणका क्रममा हेलिकोप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेल तथा काठमाडौँका विभिन्न अस्पतालहरूसँग समन्वय गरिएको छ ।कार्यकारी निर्देशक खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । सुरुवाती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उहाँले बताउनुभयो ।त्यस्तै पानी परीक्षणको शुभारम्भ गर्नुहुँदै मन्त्री थापाले पानी काठमाडौँ लगेर वितरण गर्न सकियो भने ठुलो उपलब्धि हासिल हुने बताउनुभयो । उहाँले आयोजनाको बारेमा आफुलाई खासै ज्ञान नभएको  भन्नुहुँदै सचिव र इन्जिनियरहरूसँग समन्वय गरिरहेको बताउनुभयो ।पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले पानी पथान्तरण गरिसकेपछि जिल्लावासीले पाउने लेभिको टुङ्गो छिट्टै लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पानी लगिसकेपछि काठमाडौँले सिन्धुपाल्चोकको विकास निमार्णको काममा उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।खानेपानी मन्त्री मणि थापा, युवा तथा खेलकुद मन्त्री दावा तामाङ, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर विघटित प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङलगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको हो । करिब ३० बर्ष पहिले सुरु भएको मेलम्ची खानेपानी  योजना अन्तर्गतको मुख्य सुरुङमा पानी भरेर सफलतापूर्वक परीक्षण सुरु गरिएको हो । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *