२०८१ वैशाख २६ गते | 8th of May 2024

एकदेव शर्मा, एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष पदका उम्मेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन १० गते १५:०६

लस एन्जलस – करिब  २१ हजार सदस्य बनाएर सबैभन्दा ठुलो एनसिसी बनेको एनआरएनएको आगामी निर्वाचनका लागि आजबाट अधिकारिक बतास चल्न थालेको छ । सदस्यता प्रमणिकरण समितिको अन्तिम सुची सार्वजानिक नहुंदै अगामी चुनावका आकांक्षीहरु आफ्ना उम्मेद्वारी र योजना प्रकाशित गर्नाका लागि ड्राफ्ट् तयार गरेका बसेका छन ।

यसो त कुनैबेला एनआरएनए एनसिसीको दोस्रो ठुलो सदस्य राज्य बनेको क्यालिफोर्निया अहिले तेस्रोमा खुम्चिएको छ । बल्ल बल्ल १६०० जती सदस्य बनाएर गर्व गर्नेहरुको लर्को फेसबुकमा देख्न पाईन्छ । तर पनि निर्वाचन त हुनैछ ।

पूर्ण बानियांको पालादेखी सहमतीमा चलेको क्यालिफोर्नियाको च्याप्टर निर्वाचन सान्फ्रान्सिस्को र लस एन्जलसले पालैपालो उम्मेद्वारी दिने नजिर भने बनेको छ । त्यसै नजिरलाई फलो गर्दै लस एन्जलस निवासी एकदेव शर्माले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन ।

पेशाले रियल्टर शर्मा श्रीपशुपतिनाथ फाउन्डेशन, लस एन्जलसका नव-निर्वाचित सचिव हुन । शर्मा ब्लड एशोशियन अफ क्यालिफोर्निया, अमेरिका नेपाल सोसाइटी लगायत लस एन्जलसका थुप्रै सामाजिक संस्थाको नेत्रित्व गरेका छन । ‘सबल एनारएनए, सक्षम समाज’ को नारा लिएर एनआरएनए अमेरिकाको उत्थानको लागि कर्म गर्न आफुले क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको शर्मा बताउंछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *