२०८१ वैशाख २१ गते | 3rd of May 2024

पूर्ण बानियां उठे उपाध्यक्षमा, भन्छन ‘नाम होईन, काम गर्नेछु’

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन १० गते १५:५२

सान्फ्रान्सिस्को – एनआरएनए अमेरिका, क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष पुर्णचन्द्र बानियांले आसन्न एनआरएनए अमेरिकाको निर्वाचनका लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन । लामो समयदेखी सान्फ्रान्सिस्कोलाई आफ्नो कर्मभुमी बनाएका बानियां अमेरिकी नेपाली समाजमा राम्रैसंग भिजेका पात्रका रुपमा चिनिन्छन ।

एनआरएनएलाई प्रवासी नेपाली समाजको लागि नेपालको राजनैतिक बिचारबाट टाढा रहेर तर सबैको राजनैतिक आस्थालाई सम्मान गर्दै सबैको हितमुलक र पबित्र साझा संस्था बनाउने प्रतिबद्धताका साथ आफुले ‘नामका लागि होईन, सामाजिक कामका लागि’ उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको बानियांले बताए ।

दोहोरो नेपाली नागरिकताको निरन्तरताको लागि आफु लडिरहने बताउने बानियां एनआरएनए अमेरिकालाई अझ पारदर्शी र समावेशी बनाउन अमेरिकी नेपाली समुदायको उपस्थिती रहेको स्थानमा सामुदायिक सेवा केन्द्र बनाउन र काउन्सिलिङ्ग सेवा उपलब्ध गराउने कार्यमा दिलोज्यान दिएर लाग्ने प्रण गर्दछन ।

सान्फ्रान्सिस्कोका सबै संस्थाहरुमा नेत्रित्वदायी भूमिका निर्वाह गरेका वाकपटुतावाला नेता बानियां न्यान्स, नेपाली जनसम्पर्क समिती, अमेरिका लगायत बिभिन्न संस्थाका जिम्मेवार पात्र मानिन्छन । एनआरएनए क्यालिफोर्निया च्याप्टरलाई काम गर्ने संस्थाको रुपमा दर्जाएका बानियां प्रष्टवक्ताका रुपमा चिनिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *