२०८३ असार ५ गते | 19th of June 2026

ओलीले पद छाड्दा राम्रो :कांग्रेस सभापति देउवा

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन १२ गते १३:२७

काठमाडौ-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पद छाड्दा राम्रो हुने बताएका छन्। सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरेकोले ओलीले कि त प्रतिनिधि सभामा बहुमत पुर्‍याउनुपर्ने नभए छोड्नुपर्ने देउवाको भनाइ छ। ‘अदालतको निर्णयपछि ओलीजीले संसदमा कि त बहुमत पुर्‍याउनुपर्‍यो होइन भने त छोड्दा राम्रो हुन्छ। तर उहाँलाई यसो गर उसो गर हामीले भन्ने होइन। उहाँको पार्टीको कुरा हो,’ देउवाले भने।

महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा बुधबार भएको विचार गोष्ठीमा देउवाले पार्टी संसदीय दलको बैठक पनि राख्ने बताएका छन्। उनले महाधिवेशन भदौमा जसरी पनि गर्नुपर्ने बताए। उनले अब प्रतिनिधि सभा सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए। देउवाले कांग्रेसले केही गरेन भन्नेहरूले नै अहिलेको अवस्थामा कांग्रेसलाई खोजिरहेको बताएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *