सानफ्रान्सिस्को – अमेरिकाको सन्फ्रान्सिस्को बे एरियामा लामो समय देखि नेपाली र भारतीय रेस्टुरेन्ट संचालन गर्दै आएका सेफ ध्रुव थापा यसबर्ष योजना गरिएको worlds Favorite Chef Competition 2021 ( मनपर्ने सेफ प्रतियोगिता २०२१) मा आफ्नो नेपाली मौलिक परिकार बनाउन र प्रकासन गर्नको लागि छनौट भएर आफ्नोसमुहको तर्फबाट पब्लिक भोटिंगमा परेका छन्, यहि फेब्रुवरी १६ देखि सुरु भएको भोटिंगको आधारमा हाल उनि आफ्नो समुहमा पहिलो नम्बरमा आएका छन्। यो भोटिंग आउदो फेब्रुवरी २५ , साँझ ६ बजे सम्म हुने छ र उत्कृस्ट १५ को सुचिमा छानिन सफल भए त्यस पछि उत्कृस्ट १० को लागि फेरी भोटिंग हुनेछ। त्यसै गरि विभिन्न चरण पार गर्दै आउदो अप्रिल ८ मा यस प्रतियिगीताका बिजयी हुनेलाई अमेरिकी $५०,००० प्रदान गरिनेछ र विश्व प्रसिद्ध पकवान पुस्तिका जसलाई विश्वको सबैभन्दा ठुलो परिकार पुस्तिका समेत भनिने “Bon Appetit “बोनएपेटि“ मा २ पेजको प्रमुख स्थान प्रदान गरिने छ जसमा बिजयी सेफको अन्तर्वार्ता, फोटो र विजेताका मौलिक पकवान समेत प्रकाशित हुने जानकारी आयोजकले जनाएको छ।
हाल सेफ थापा बर्कली स्थित अजन्ता रेस्टुरेन्टका मुख्य सेफको रुपमा पारिवारिक व्यवसाय सम्हाल्दै आएका छन् भने उनि एक प्रकाशित नेपाली परिकार पुस्तकको समेत प्रकासन गरि सकेकाछन। थापाका अंग्रेजी र नेपाली भाषामा समेत कविता संग्रहहरु प्रकाशित छ। थापा यस क्षेत्रको सामाजिक कार्यमा बिशेष लायन्स क्लबमा क्लब देखि डिस्ट्रिक तह सम्ममा विभिन्न पोस्टमा रहेका छन् भने उनि एक कवि , लेखक र एक ब्लगर समेत हुन् ।
यो प्रतियोगितालाई “(worlds favorite chef) “विश्वको मनपर्ने शेफ” भनिन्छ, जहाँ विश्वभरिबाट सेफहरुलाई एउटा अवसरको रुपमा आफुलाई चिनाउन यस प्रतियोगितामा आमन्त्रण गरेर आयोजना गरिएको हो जसमा कुनैपनि देसका सेफहरुले सहभागिता जनाउन सक्ने जानकारी आयोजकले जनाएको छ। यस प्रतियोगिता उत्कृस्ट सेफ पूर्ण रुपमा पब्लिक भोटिंग को आधारमा फाइनल सम्म पुग्नसक्ने छ। यसको लागि मतदान मंगलबार, फेब्रुअरी १६ ,२०२१ दिउँसो देखिसुरु भैसकेको छ। प्रतियोगितामा सहभागी आफ्नो मनपर्ने शेफलाई हरेक 24 घण्टामा एक पटक मतदान गर्न सकिनेछ। तर मतदान दिनको लागि उनीहरूसँग फेसबुक खाता हुनुपर्दछ। प्रतियोगिता को विजेता सार्वजनिक अनलाइन मतदान को एक श्रृंखला मा निर्धारण गरिनेछ। यस प्रतियोगितामा सेफ थापालाई भोट दिन यहाँ दिएको लिंकमा जानुहोला। https://favchef.com/2021/dhruva-thapa
थापा नेपाली परिकारलाई अन्तरास्ट्रिय स्तरमा चिनाउन यस प्रतियोगितामा सहभागिता लिएको जनाउछन भने थापाका अर्को परिकार पुस्तिका यहि कोरोनाको बसाईमा संकलन गर्न सकेको र चाडै राम्रो प्रकाशक मिले बजारमा ल्याउने तरखरमा छन् ।
यस प्रतियोगिताको आयोजक द्वारा उपलब्ध गराईएको जानकारीका अनुसार, सेलिब्रिटी शेफ एडी मटनीले यस प्रतियोगिता होस्ट गर्नेछ र खाना पकाउने सुझावहरू, प्रोत्साहन, र अन्तर्दृष्टि प्रदान गर्दछ जुन एक प्रतिभाशाली शेफलाई जीतको मार्गमा डोर्याउँदछ!
अब पालो तपाइँ हाम्रो हातमा छ नेपाली परिकारलाई अन्तरास्ट्रिय स्तरमा चिनाउने र नेपाली खानापनि विश्व स्तरको होटल रेस्टुरेन्टहरुमा चाडै स्थान पाउने छ। आउनुहोस हामी सबै एकपल्ट जुटौ र नेपाली परिकारलाई विश्वसामु चिनाउने यस अभियानलाई सफल पारौं ।