२०८१ साउन १२ गते | 27th of July 2024

नेकपा विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने कांग्रेसको निर्णय

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन १३ गते १४:०५

काठमाडौं ।  नेपाली कांग्रेसले सत्तारुढ नेकपाको विवादको टुंगो छिटै लाग्नुपर्ने बताएको छ । प्रतिनिधि सभा पुनस्थापनाको पक्षमा सर्वाेच्च अदालतले फैसला सुनाएसँगै नेकपाको दाहाल-नेपाल समूह र ओली समूहले सत्ता सहकार्यको लागि कांग्रेसलाई प्रस्ताव गरेसँगै पदाधिकारी बैठक बसेर कांग्रेसले यस्तो निर्णय गरेको हो ।     कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने  भएको छ ।

बैठकमा संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा भएको थियो । बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय मागेका थिए । जनताले पनि प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको भन्दै नेताहरुले सरकारमा जान हतार गर्न नहुने बताएका छन् । नेकपा विभाजन भएर सरकार बन्नै नसक्ने अवस्था  आए मात्र यसबारे पार्टीमा छलफल गर्नु उपयुक्त हुने नेताहरुले राय दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *